प्रदेश नं १ प्रदेशसभाको बैठक फागुन १५ गते

प्रदेश नं १ प्रदेशसभाको बैठक फागुन १५ गतेदेखि सुरु हुने प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए । सो दिन दिउँसो १ बजे बस्ने बैठकमा प्रदेशसभाको नामकरणको विषय प्रस्ताव हुनसक्ने अनुमान गरिएको छ ।

Advertisement 1

सरकारले प्रदेशसभामा पेश गर्ने कुनै पनि बिजनेश नभएका कारण प्रदेशसभाको बैठक लामो समयदेखि स्थगन भएको थियो । अबको नियमति बैठकमा सरकारले कानुन संशोधनका प्रस्ताव ल्याउन सक्ने अनुमान छ । गएको मङ्सिर १ गते मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मत लिएपछि बैठक अर्को सूचना जारी नभएसम्म स्थगन भएको सभामुख प्रदीपकुमार भण्डारीले उद्घोष गरेका थिए ।

प्रकाशित :२०७८ फाल्गुन १०, मंगलवार ०९:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry