मन्त्रिपरिषद्को निर्णय :- राउत सचिवमा बढुवा,गुप्तचर प्रमुखमा खरेल

केही बेर अघि सकिएको मन्त्रिपरिषदको बैठकले सचिवमा कृष्णबहादुर राउतलाई बढुवा गरेको छ । बढुवा सिफारिस समितिको हिजो बसेको बैठकले रिक्त एक सचिवका लागि सहसचिवत्रय कृष्णबहादुर राउत, रामेश्वर दंगाल र मुुकुन्द निरौलाको नाम सचिव बढुवाका लागि सिफारिस गरेको थियो । तीनमध्येबाट बरिष्ठताका आधारमा राउत सचिवमा बढुवा भएका छन् ।

Advertisement 1

यस्तै आजको क्याविनेटले राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा यदुलाल खरेल नियुक्त गर्ने निर्णय गरेको छ । हालका गुप्तचर प्रमुख गणेश अधिकारीको तीन वर्षे कार्यकाल सकिएपछि रेग्मीलाई प्रमुखमा नियुक्त गरिएको हो । अधिकारीले यही २३ पुसमा सेवा अवधि पूरा गरी घर फर्कने भएसँगै खरेललाई गुप्तचर प्रमुख बनाउने निर्णय सरकारले गरेको हो। उनले अबको ९ महिना गुप्तचरको कमाण्ड गर्नेछन् ।

यस्तै आजको क्याविनेटले उखुको मूल्य प्रतिमेट्रिक टन ५९० रुपैयाँ तय गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयले उखुको मूल्य निर्धारणको प्रस्ताव मन्त्रिपरिषद्मा प्रस्ताव लगेको थियो । किसानले प्रति मेट्रिकटन ६५० रुपैंया माग गरे पनि सरकारले प्रतिमेट्रिक टन ५९० रुपैंया निर्धारण गरेको हो ।

प्रकाशित :२०७८ पुष २१, बुधबार १८:२८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry