मन्त्रीहरुको शपथ चार बजे,यी हुन थपिने मन्त्रीहरु

प्रधानमन्त्री शेर बहादुर देउवाले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्। दलहरुले मन्त्रीको नाम टुंगो लगाएपछि आज दिउँसो ४ बजे नै नयाँ मन्त्रीहरुले शपथ लिने तयारी भइरहेको छ ।
सतागठबन्धनले बिहिबार नै भागबण्डा टुगाएको छ । कांग्रेससँग अहिले प्रधानमन्त्रीसहित गृह,कानुन न्याय तथा संसदीय मामिला र परराष्ट्र मन्त्रालय रहेको छ । अब काँग्रेसले रक्षा, सञ्चार तथा सूचना प्रविधि, महिला तथा बालबालिका र युवा तथा खेलकुद मन्त्रालय लिने सहमति भएको छ ।
सत्तारुढ दल नेपाली कांग्रेसबाट मिनेन्द्र रिजाल, दिलेन्द्र बडु, उमाकान्त चौधरी र उमा रेग्मीलाई मन्त्री बनाउने तयारी गरेको छ।  माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल शिक्षा विज्ञान तथा प्रविधि मन्त्री बन्ने भएका छन्।
माओवादी केन्द्रबाट शुक्रबार पौडेलसँगै शशी श्रेष्ठ र महेश्वर गहतराज मन्त्री र बोधमाया यादव राज्यमन्त्री बन्दैछन्।

Advertisement 1


त्यस्तै नेकपा माओवादी केन्द्रले अर्थ, ऊर्जा मन्त्रालय लिइसकेका छन् अब शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था तथा गरिबी निवारण र खानेपानी मन्त्रालय पाउने सहमति भएको छ । माओवादी केन्द्रबाट मन्त्रीहरुमा राजेन्द्र श्रेष्ठ (सँघीय मामिला,सामान्य प्रशासन तथा स्थानीय विकास), रामसहाय प्रसाद यादव,रेणु यादव र प्रमोद साहको नाम आएको छ ।
यस्तै जसपाले भौतिक पुर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी, संघीय मामिला तथा सामान्य प्रशासन र बन तथा बातावरण पाउने सहमति भएको छ । त्यस्तै एकिकृत समाजवादीले स्वास्थ्य, शहरी विकास, संस्कृति तथा पर्यटन र श्रम तथा रोजगार मन्त्रालय पाउने सहमति भएको छ।
यस्तै,समाजवादी पार्टीबाट विरोध खतिवडा, शहरी विकास मन्त्री,रामकुमारी झाँक्री, स्वास्थ्यमन्त्री, प्रेम आले, पर्यटनमन्त्री,किसान श्रेष्ठ, श्रममन्त्री र भवानी खापुङ, राज्यमन्त्री टुंग्याइएकोमा भवानी खापुङले राज्यमन्त्री अस्वीकार गरेका छन् ।

प्रकाशित :२०७८ आश्विन २२, शुक्रबार १२:२३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry