आपतमा हराएको विमान बल्ल आयो !
मनाङबासी हिजो रोइरहेको थियो । बाढी र पहिरोको कारण स्थानियले खानेकुरा देखि आवश्यक पर्ने सामान ल्याउन धेरै गाह्रो समस्या परेको थियो । स्थानियले उक्त समयमा हेलिकप्टर चार्टर गरेर महंगोमा आवश्यक सामानहरु माग गर्न बाध्य भएका थिए । त्यतीबेला विमान सञ्चालन गर्न सकेन तर, हुम्दे विमानस्थलमा हिजो (बिहिबार) विमान अवतरण गरिएको छ ।
Advertisement 1
बाढीपहिराका कारण सडक सञ्जाल पूर्णरूपमा अवरुद्ध भएपछि हिजो हुम्दे विमानस्थलमा जहाज अवतरण गरेको हो । कोरोना महामारी, बाढी पहिरोको समयमा विमानस्थल चलायमान थिएन जसको कारण त्यहाँका स्थानियहरुले धेरै नै मार खेप्नु परेको थियो । बाटो बन्द हुँदा खाद्यन्य देखि यातायातमा समस्या भोग्न बाध्य थिए ।
आपत विपतको समयमा विमानस्थलमा विमान अवतरण नहुँदा मनाङवासी हेलिकप्टरमार्फ सामान ढुवानी गर्दा मर्कामा परेका थिए । विमानको बारेमा स्थानिय सरकार, प्रदेश र केन्द्र सरकार कसैले पनि चासो नराखेको प्रती स्थानिय विनोद गुरुङले आपती जनाएका छन् ।
Advertisement 2
बिहीबार बिहान २८ अपाङ्गता भएका पर्यटक मनाङ आइपुगेको थियो । विश्वको १०औँ नम्बरमा पर्ने ५४१६ मिटर उचाइमा रहेको थोराङ्ला पास गरी मुक्तिनाथ हुँदै अन्नपूर्ण पदमार्गको यात्रा पूरा गर्ने तयारीका साथ चार्टर्डको समिट एयरको जहाजमार्फत उनीहरू मनाङ आइपुगेका हुन् ।
बाढीपहिराले सडक सञ्जालमा क्षति पुर्याएर सञ्चालन हुन नसकेको अवस्थामा अब यो विमानस्थललाई निरन्तर गर्न सकिएमा स्थानीयवासीसँगै पर्यटकको आवतजावत र सामग्री ढुवानीमा सहज हुने गुरुङ भनाइ छ ।