उमेर हद लागेर घर फर्किए राअविको डिआइजी

राष्ट्रिय अनुसन्धान विभागका डिआइजी लक्ष्मण गुरुङ आजदेखि अनिवार्य अवकाश पाएका छन् । गुरुङ डिआइजीको सबैभन्दा वरिष्ठ १ नम्बरमा थिए । अवकाश हुने भएकाले उनी एआइजीमा बढुवा नभई घर जान परेको छ ।
अनुसन्धान विभागमा एआईजीको दरबन्दी एउटा मात्र हो । अर्को एउटा पद भए पनि त्यो फाजिल भएको बताइन्छ । अब सबै कुराले साथ दिएमा यदु खरेललाई विभागको आगामी प्रमुख हुन बाटो खुलेको छ ।

Advertisement 1

अहिले अनुसन्धान विभाग प्रमुखमा गणेश अधिकारी छन् । उनी पनि अबको ५ महिना पछि अवकाश पाउँदैछन् र यसबीच विभागका कर्मचारीको उमेर र सेवा अवधिको नयाँ व्यवस्था गरिएको ऐन तर्जुमा गरिए पनि त्यत्तिकै अड्किएकाले सबै जना पुरानै व्यवस्थाबाट अवकाश पाउन बाध्य भएका हुन् ।

प्रमुख अधिकारीको कार्यकाल अब ५ महिना मात्र बाँकी रहेकाले खरेल प्रमुख भएमा झण्डै दुई वर्ष हुने बताइन्छ । अवकाश पाएका लक्ष्मणको ठाउँमा अब को जाने भन्ने अहिलेसम्म निर्क्यौल नभएको बताइएको छ ।

प्रकाशित :२०७८ आश्विन ६, बुधबार १०:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry