आजदेखि कर्मचारीदेखि प्रधानमन्त्रीसम्मको तलब भत्ता रोकिदैं

नेपाली इतिहासमै पहिलो पटक गभर्मेन्ट सटडाउनको स्थितीमा पुगेको छ । अघिल्लो सरकारले ल्याएको अध्यादेश निष्क्रिय भएको र प्रतिस्थापन विधेयक (संशोधित बजेट) पारित तथा प्रमाणीकरण नभएकाले यस्तो स्थिति निम्तिएको हो । संसदबाट बजेट अध्यादेशको प्रतिस्थापन विधेयक पारित नभएसँगै आजबाट औपचारिक रूपमा सरकार राज्यकोषबाट एक पैसा पनि खर्च गर्ननसक्ने अवस्थामा पुगेको छ ।
प्रतिनिधि सभाबाट  ३० भदौंभित्रैमा पारित हुनुपर्ने  प्रतिष्थापन विद्येयक पारितमा केही ढिलाई हुँदा अबको केही दिनलाई सरकारी खर्च रोकिने भएको हो ।
पूर्ववर्ति ओली सरकारले गत १५ जेठमा अध्यादेशमार्फत ल्याएको बजेट ६० दिनभित्र अर्थात भोली भदौं ३० भित्र पारित हुनुपर्ने भए पनि प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०को लगातारको अवरोधका कारण सो पारित हुन नसक्दा सरकारले गर्ने खर्च केही दिन पूर्णत रोकिने स्थितीमा पुगेको हो ।

Advertisement 1

संविधानअनुसार अध्यादेश संसदमा प्रस्तुत भएको ६० दिनमा पारित नभएमा निस्क्रिय हुनेछ । पूववर्ति सरकारले गत जेठ १५ गते अध्यादेशमार्फत ल्याएको बजेट बुधवारसम्म मात्रै सक्रिय रहन्छ । अर्थात भोलीबाट बजेट निस्क्रिय रहन्छ ।

बजेट पारित हुन ढिलाई भएको कारण राज्यकोषबाट हुने सरकारी खर्च रोकिन स्थितीमा पुगेको हो । यस्तो स्थिती नेपालमा पहिलो पटक आएको छ । यद्यपि कर उठाउनका लागि बन्देज नलाग्ने अर्थतन्त्रका जानकारहरु सुनाउँछन् । कर उठाए पनि सरकारले खर्च भने पाउनेछैन् ।

Advertisement 2

संसदको आज डाकिएको बैठक पनि प्रमुख प्रतिपक्षीको अवरोधका कारण स्थगित गरिएको छ । आगामी साता अर्थात ४ गते प्रतिनिधि सभाको बैठक डाकिएको छ ।

महिनाको अन्तिम समय भनेको सरकारी कर्मचारीहरुको तलब भत्ता निकासा हुनुपर्ने समय हो । तर गर्भेमेन्ट सटडाउनको स्थितीमा पुग्दा राज्यकोषबाट तलब थाप्ने सरकारी कर्मचारीदेखि प्रधानमन्त्रीसम्मको तलब भत्ता रोकिने स्थिती आएको हो ।

प्रकाशित :२०७८ भाद्र ३१, बिहीबार १४:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry