/* google adsense */

जनप्रतिनिधि कर्मचारीलाई झन्डै मारेनन् !

जिल्लाको आठराई त्रिवेणी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले इन्जिनियर र सव असिस्टेन्ट इन्जिनियरमाथि हातपात गरेका छन् ।
इन्जिनियर विशाल गुरुङ र सव असिस्टेन्ट इन्जिनियर दिछेन शेर्पामाथि गाउँपालिका–१ निघुरादिनका ४२ वर्षीय पोमू वडा सदस्य र उपभोक्ता समितिका अध्यक्ष ३९ वर्षीय नविन पोमूले हातपात गरेका हुन् । पोमूले खेदाएर कठालोमा समाएर छतमा लगेर खसाउन खोजेको गाउँपालिकाका कर्मचारीको समूहले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ । निर्माण सामग्रीका रूपमा प्रयोगका लागि राखिएको बाँसले समेत हिर्काउन खोजेको तर विद्यालयका प्रअ केशवप्रसाद निरौलाले हातपात नगर्न भनि छेकेको उल्लेख छ ।
वडा नं. १ निघुरादिनस्थित परमसिंह माध्यमिक विद्यालयको भवनको छत ढलानको बेला अनुगमनमा गएका कर्मचारीले गुणस्तरको विषय उठाएपछि मल्लराज पोमूसहितको टोलीले हातपात गरेको उजुरीमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ,“कि त गम्भीर घाइते हुन्थ्यो कि कर्मचारीको ज्यान नै जान सक्थ्यो । संयोगबस त्योभन्दा बढी हुन पाएन ।” वडासदस्य तथा उपभोक्ता समिति अध्यक्षसहितसोही ठाउँका ४५ वर्षीय कृष्णराज पोमू,३६ वर्षीय कर्ण थलङ, ५२ वर्षीय जैमान गुरुङ, १९ वर्षीय सन्दिप पोमू, ३४ वर्षीय असिम पोमू र ३२ वर्षीय सुमन पोमू गरी ८ जना संलग्न भएको कर्मचारीले जनाएका छन् ।

स्थानीय तह कर्मचारी सँघ प्रदेश नं। १ का उपाध्यक्ष कृष्णप्रसाद सुवेदी, नेपाल निजामती कर्मचारी युनियन जिल्ला अध्यक्ष हेमराज कठायत,नेपाल निजामति कर्मचारी संगठन अध्यक्ष यूवराज पौडेल र नेपाल राष्ट्रिय कर्मचारी संगठन अध्यक्ष नवराज गिरीद्वारा जारी संयुक्त ज्ञापनपत्रमा घटनाको भत्र्सनासमेत गरेको छ ।

 

प्रकाशित मिति : ९ असार २०७८, बुधबार १२:४२

प्रतिक्रिया दिनुहोस्