भोटेकोशी बाढीपीडितका लागि मनकामना केबलकारका कर्मचारीले दुई दिनको तलब दिए

काठमाडौं । भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग पु¥याउने उद्देश्यले मनकामना केबलकारका सम्पूर्ण कर्मचारीले दुई दिनको तलब बराबरको रकम सहयोग गरेका छन्। कम्पनीका अनुसार कर्मचारीबाट संकलित ३ लाख ११ हजार २२२ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ।

Advertisement 1

उक्त रकम एभरेस्ट बैंक लिमिटेडको नयाँ बानेश्वर शाखामा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा गरिएको हो। प्राकृतिक विपद्का कारण प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले कर्मचारीहरूले आफ्नो तलबबाट रकम योगदान गरेका हुन्।

मनकामना केबलकारले विपद्को समयमा प्रभावित नागरिकको सहयोगका लागि सबै क्षेत्रबाट मानवीय सहयोग र सहकार्य आवश्यक रहेको जनाएको छ। कर्मचारीहरूको यो योगदानले बाढी प्रभावितको राहत तथा पुनःस्थापना कार्यमा केही भए पनि सहयोग पुग्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।

प्रकाशित :२०८३ भाद्र २३, मंगलवार १३:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry