सभापति लामिछाने र अमेरिकी विदेशमन्त्री रुबियोबीच टेलिफोन वार्ता

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री मार्को रुबियोबीच आज टेलिफोन वार्ता गरेका छन्।

Advertisement 1

टेलिफोन वार्ताका क्रममा विदेशमन्त्री रुबियोले भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूप्रति समवेदना व्यक्त गर्दै नेपाली जनता तथा सरकारप्रति ऐक्यबद्धता जनाएको रास्वपाले जनाएको छ। सभापति लामिछानेले सो अवसरमा नेपाल सरकारको जारी खोजी, उद्धार तथा राहत वितरणका काममा पार्टीका तर्फबाट अधिकतम प्रयास भइरहेको बताएका थिए। साथै उनले विदेशमन्त्री रुबियोलाई हालै यहाँ आएको बाढीबाट प्रभावित विदेशी नागरिकहरूको सुरक्षा तथा संरक्षणका लागि नेपाल प्रतिबद्ध रहेको विश्वास दिलाएका थिए।

सभापति लामिछानेले यस कठिन समयमा अमेरिकी सरकारबाट प्राप्त सहयोगका लागि धन्यवादसमेत व्यक्त गरेका थिए। यसैबीच विदेशमन्त्री रुबियोले नेपाल सरकारलाई थप सहयोग उपलब्ध गराउन अमेरिका तयार रहेको रास्वपाले जनाएको छ।

प्रकाशित :२०८३ भाद्र २२, सोमबार १३:५४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry