एकाघरका दाजुभाइले पाए पहिलोपटक आमाको नामबाट नागरिकता

चितवन। चितवनका २ युवाले आमाको नामबाट नागरिकता पाएका छन्। खैरहनी नगरपालिका–५ का निश्चल चौधरी र शङ्कर चौधरीले आमाको नामबाट नागरिकता पाएका हुन्।

Advertisement 1

आमा निशा महतो (चौधरी) को नामबाट दुई युवाले नागरिकता प्राप्त गरेका हुन। उनीहरुलाई प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले नागरिकता प्रदान गरेका हुन्। नागरिकता ऐन र नियमावलीमा पछिल्लो संशोधनपछि जिल्लामा पहिलो पटक आमाको नामबाट नागरिकता प्रदान गरिएको हो। उनले भने “महतो आँखा नदेख्ने भएकाले कर्मचारीको सक्रियतामा दाजुभाइलाई नागरिकता दिइएको हो।” बाबुको सम्पर्क नभएकाले आमाले रेखदेख गर्दै आएका छोराछोरीलाई पहिलो पटक नागरिकता दिन पाउँदा आफू र आफ्ना कर्मचारीको टोली हर्षित भएको उनले बताए।

नागरिकता दिँदै उनले भने, “आमाको ख्याल गर्नु। आफ्नो लक्ष्यबाट पछि नहट्नु।” नागरिकता पाएपछि दुई भाइले अब आँफुहरु पनि नेपाली नागरिक भएको भन्दै खुसी व्यक्त गर्नुभयो।

Advertisement 2

आमाको नामबाट नागरिकता पाउनु आफ्ना लागि महत्वपूर्ण क्षण भएको उनीहरुले बताए। उनीहरुले क्रमशः २४ र २० वर्षको उमेरमा नागरिकता पाएका हुन्।

प्रकाशित :२०८२ माघ १९, सोमबार १३:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry