भलिबलः आर्मी र पुलिस विजयी

काठमाडौं। राजधानीमा आजदेखि सुरु भएकोे नवौँ एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब विजयी भएको छ।
Advertisement 1
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको समूह ‘ए’को आफ्नो पहिलो खेलमा आर्मीले एभरेस्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो। खेलमा आर्मीले एभरेष्ट क्लबमाथि पहिलो सेट २५–१७ ले जित्यो भने खेलको दोस्रो सेट २५–१४ तथा तेस्रो सेट २५–२३ ले आफ्नो पक्षमा पा¥यो।
त्यसैगरी आजै भएको महिलातर्फको अर्को खेलमा नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको छ। पुलिसले सुदूरपश्चिमलाई पहिलो सेट २५–१०, दोस्रो सेट २५–६ तथा खेलको तेस्रो तथा अन्तिम सेट २५–११ ले पाखा लगाउदै जित हासिल ग¥यो।
Advertisement 2
नेपाल भलिबल सङ्घद्वारा आयोजित उक्त प्रतियोगितामा पुरुष र महिला गरी २० टोलीको सहभागिता रहेको छ। जसमा पुरुषतर्फ १२ तथा महिलातर्फ ८ टोली सहभागी छन्। प्रतियोगिता यही पुस २० गतेसम्म सञ्चालन हुनेछ।














