गुल्मीको आँपचौर–शान्तिपुर सडक धमाधम स्तरोन्नति हुँदै

गुल्मी। आँपचौर–शान्तिपुर सडक धमाधम स्तरोन्नति भइरहेको छ। यस क्रममा यो सडकअन्तर्गत आँपचौरको इन्द्रेगौडादेखि–शान्तिपुरसम्म ३ साताका निम्ति सवारी आवागमन बन्द भएको छ।
Advertisement 1
जिल्ला प्रशासन कार्यालयका अनुसार आजदेखि मङ्सिर १६ गतेसम्म उक्त सडकखण्डमा बिहान ७ः०० देखि ११ः०० बजेसम्म र दिउँसो १२ः०० देखि अपराह्न ५ः३० बजेसम्म सवारीसाधन सञ्चालन गर्न पाइने छैन।
यही कात्तिक २९ गतेदेखि लाग्ने चक्रेश्वरलाई दृष्टिगत गरी उक्त कार्यालयले सम्बद्ध सबैलाई वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ। उक्त सडक रु ५२ करोडको लागतमा स्तरोन्नति थालिएको ग्रामीण सडक सञ्जाल सुधार आयोजनाका इन्जिनियर तिलकबहादुर गाहले बताए।
प्रकाशित :२०८२ कार्तिक २७, बिहीबार १२:२१
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%










