मन्त्री पद समाल्न तयार खगेन्द्र सुनार प्रहरी रेकर्डमा फरार अभियुक्त

काठमाडौं: ११ जनाको मन्त्रिपरिषद् विस्तार गर्न तयार रहेकी प्रधानमन्त्री सुशीला कार्कीले आज ४ जनाको नाम राष्ट्रपति कार्यालयमा पठाएकी छिन्।

Advertisement 1

राष्ट्रपति कार्यालयमा पठाएको ४ जनाको नाम क्रमश सुधा शर्मा गौतमलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री, गणपतिलाल श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, खगेन्द्र सुनारलाई श्रम तथा रोजगार मन्त्री, र बब्लु गुप्तालाई युवा तथा खेलकुद मन्त्री नियुक्त गर्न मन्त्रालयको नाम सहित सिफारिस गरिएको छ।

जसमा श्रम तथा रोजगार मन्त्रालय तोकिएका खगेन्द्र सुनार दलित अधिकारको पक्षमा पछिल्लो समय निकै सक्रिय देखिन्छन्।
सुनार पत्रकार, कलाकार हुँदै दलित अधिकार अभियन्ता बनेका खगेन्द्र सुनार शरिरमा सिक्री लगाएर माइतीघर मन्डलाबाट आन्दोलन शुरू गरेर चर्चामा आएका व्यक्ति हुन्। नवराज विकको हत्या घटनापछि उनी दलित अभियानमा जोडिएका हुन्।

Advertisement 2

पछिल्लो समय एक महिला कानुन व्यवसायीको चरित्रहत्या गर्दै सामाजिक सञ्जालमा लेख्दा उनी विवादमा परेका थिए। उनले पेशागत काम गरेको आधारमा ती कानुन व्यवसायीमाथि तल्लो तहको टिप्पणी गरेका थिए।

Advertisement 3

स्वास्थ्य संस्था तोडफोड र स्वास्थ्यकर्मीमाथि हातपात गरेको भन्दै उनीविरूद्ध मुद्दा समेत दायर भएको छ। जिल्ला अदालत सुर्खेतमा दायर मुद्दामा उनीविरूद्ध पक्राउ आदेश जारी भए पनि उनी फरार सूचीमा देखिन्छन्।

प्रकाशित :२०८२ कार्तिक ९, आईतवार १२:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry