यी हुन आज पुरस्कृत हुन लागेका ४० कर्मचारी
आज २२ भदौं अर्थात १७ औं निजामती सेवा दिवस । यो दिवसको अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने ४० जना कर्मचारीहरु पुरस्कृत हुदैछन् । १० जनालाई उत्कृष्ट र ३० जना कर्मचारीले निजामती सेवा पुरस्कार पाउदैछन् ।
Advertisement 1
उत्कृष्ट पुरस्कार पाउनेमा काठमाडौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उत्कृष्ट निजामती सेवा पुरस्कार प्राप्त गरेका छन् । उनी काठमाडौमा आएपछि सेवा प्रवाह सुधारमा उल्लेख्य भुमिका खेलेका थिए ।त्यसैगरि झापाको कमल गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवास श्रेष्ठलाई पनि १ लाख राशिको उत्कृष्ट निजामती सेवा पुरस्कार प्रदान गरिएको छ । श्रेष्ठले पनि कमल गाउपालिकामा उल्लेखनीय सुधारका कार्यहरु थालेका छन् साथै स्थानीय तहमा सुशासन र विकासका कार्यक्रम सञ्चालन गर्न श्रेष्ठले प्रभावकारी भुमिका निर्वाह गर्दै आइरहेका छन् ।
यसैगरि १ लाखको उत्कृष्ट निजामती सेवा पुरस्कार पाउनुहुने अन्य अधिकारीहरुमा सु्शाील कुमार लम्साल, मान बहादुर अर्याल, प्रकाश जोशी, डिलाराम पन्थी, सुरत कुमारबम, टामलाल पाण्डे, उषादेवी देवकोटा र धन बहादुर लामा रहेका छन् ।
यस्तै ५० हजारको निजामती सेवा पुरस्कार पाउनेहरुमा रघुराम विष्ट,कुवेर नेपाली, गोपालप्रसाद रिजाल, भीमकुमार श्रेष्ठ, खेमराज कोइराला, रोशनीदेवी कार्की, अञ्जनकुमार मिश्र ,बावुराम अधिकारी रहेका छन् । यस्तै सो पुरस्कार पाउने अन्यमा विरेन्द्रकुमार मिश्र, टिकाराम ढकाल, रञ्जितकुमार भट्ट, सन्तोष निरौला, सावित्री पौडेल, मञ्जु सिह, सन्तोष दर्जी, इन्दिरा ज्ञवाली, गजराज घिमिरे, जानुका पोख्ररेल आचार्य रहेका छन् ।र्
पुरस्कार सिफारिस गर्दा विभागीय सजाय पाएको, कार्यसम्पादन मूल्याङ्कनमा शत प्रतिशत अंक प्राप्त नगर्ने, सर्वोत्कृष्टका लागि १५ वर्ष, उत्कृष्टका लागि १० वर्ष र निजामती सेवा पुरस्कारका लागि ५ वर्ष सेवा अवधि नपुगेको, व्यक्तिगत बेरुजु देखिएको, गयल कट्टीमा परेको र सम्पत्ति विवरण नबुझाएको कर्मचारी पुरस्कारका लागि योग्य नहुने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।