माओवादीका ६ मन्त्री र १२ सांसदसहित २३ जना एमालेमा ( नामसहित)

प्रधानमन्त्री ओलीले एमालेमा अध्यक्ष र महासचिवबाहेक पदाधिकारी नरहने गरी जिम्मेवारीबाट हटाएका छन् । प्रम ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सबैलाई जिम्मेवारीबाट हटाइएको छ। त्यहाँ माओवादीबाट आएकाहरु र आफ्ना पक्षधरलाई जिम्मेवारी दिएका छन् । हिजो प्रधानमन्त्री निवास बालुटारमा बसेको बैठकले नेपालपक्षीय नेताहरूको जिम्मेवारी खोस्नेदेखि पार्टीमा आएका माओवादी केन्द्रका नेताहरूलाई जिम्मेवारी दिन विधान संशोधनको निर्णय गरेको हो। ओलीले पूर्व माओवादीबाट आएका सबैलाई केन्द्रीय सदस्यको जिम्मेवारी दिएका छन् । जसअनुसार, गृहमन्त्री रामबहादुर थापा बादल बागमती प्रदेशको इन्चार्ज भएका छन् । यस्तै पूर्व माओवादी केन्द्रबाट एमालेमा आएका २२ जनालाई नेकपा एमालेको केन्द्रीय सदस्यको जिम्मेवारी दिएका छन् । यस्तो जिम्म्ेवारी पाउनेहरुमा टोपबहादुर रायमाझी,लेखराज भट्ट,मणिचन्द थापा, प्रभु साह, टंक आङबुहाङ, पासाङ शेर्पा,ज्वाला साह, टेकबहादुर बलामी, कमल जंग, मनोज थापा,विषमलाल अधिकारी,लिलाबहादुर थापा, दधिराम न्यौपाने, दिनेश पन्थी,नवीन रोका, धर्मराज रेग्मी, डम्बर विष्ट, गौरीशंकर थारु, झपट बोहरा, दावा लामा र चन्द्रबहादुर खड्का छन् । यस्तै ओलीले बरिष्ठ नेता नेपालले सम्हाल्दै आएको विदेश विभाग प्रमुखको जिम्मेवारी डा राजन भट्टराईलाई दिइएको छ। प्रचार विभाग प्रमुख तथा प्रवक्ताको जिम्मेवारी प्रदीप ज्ञवालीलाई दिइएको छ । पूर्ववत् एमालेमा योगेश भट्टराईलाई यो जिम्मेवारी थियो।


 
								

 
										


 
 
                             
 
                             
 
                             
 
                             
 
                            


 
                                 
                                 
                                 
                                 
                                 
                                 
                                 
                                