मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार


एसिड आक्रमणविरुद्धकी अभियन्ता मुस्कान खातुनलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गरिने भएको छ । अमेरिकी विदेश मन्त्रालयले यस वर्षको पुरस्कार खातुनलाई दिने निर्णय गरेको नेपालस्थित अमेरिकी दूतावासले विज्ञप्तिमार्फत जनाएको छ ।

Advertisement 1

उक्त कुराको जानकारी नेपालस्थित अमेरिकी राजदूतावासले विज्ञप्तिमार्फत दिएको हो । १५ वर्षीया खातुनलाई विदेश मन्त्रालयले दिने यस वर्षको इन्टरनेशनल विमेन अफ करेज अवार्ड पाएकी हुन्। यो अवार्ड पाउने खातुन नेपालकै पहिलो महिला हुन् भने,अवार्ड पाउनेमध्ये खातुन संसारकै सबैभन्दा कम उमेरकी व्यक्ति पनि हुन्। १५ वर्षको उमेर हुँदा एक किशोरले राखेको प्रेम प्रस्तावलाई अस्वीकार गर्दा खातुनमाथि एसिड प्रहार भएको थियो । उनको अनुहार, छाती र हातमा गहिरो चोटसमेत लागेको थियो । अस्पतालको लामो समयसम्मको पीडादायी बसाइपछि उनी ठीक भइ घर फर्किन् तर खातुनले अहिले पनि विभिन्न समस्याहरु झेलिरहेकी छिन् ।

यसका बाबजुद मुस्कानले एक दुःखद घटनालाई नेपालमा परिवर्तन ल्याउने एक अवसरमा रूपान्तरण गरिन् । धम्की र सामाजिक दबाबको सामना गर्दै मुस्कानले तेजाब हमलाविरुद्ध कडा कानुन र सजायको लागि वकालत गरिन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर एसिड आक्रमणकारीलाई कडा सजायको व्यवस्था गर्न माग गरिन् । त्यसपछि सरकारले तेजाब हमलासम्बन्धी अपराधीहरूलाई दण्डित गर्ने तथा रसायनको बिक्रीलाई नियमन गर्ने अध्यादेश पनि जारी गर्‍यो । यो परिवर्तन ल्याउनमा मुस्कानको नेतृत्व महत्त्वपूर्ण थियो ।

प्रकाशित :२०७७ फाल्गुन २१, शुक्रबार १२:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry