६० सहसचिवको सरुवा (सूचीसहित)

सरकारले ६० सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न् मन्त्रालयहरुमा कार्यरत ६० सहसचिवहरुको सरुवा गरेको हो । मन्त्रालयले मंगलबार विभिन्न मन्त्रालयका प्राविधिक तथा प्रशासनिक तर्फका वरिष्ठ सहसचिवहरुलाई प्रदेशमा सरुवा गर्ने निर्णय गरेको हो ।
यस पटक सरुवा गरिँदा बरिष्ठ सह सचिवहरुलाई प्रदेशतिर पठाइएको छ । यसअघि प्रदेशमा कनिष्ठ सहसचिव मात्र जाने गरेका थिए । वरिष्ठ सहसचिवहरु भने सिंहदरबारमै रजगज गर्ने अघोषित परम्परा नै बनेको थियो । विगतको चेन तोड्दै बरिष्ठ सह सचिवहरुलाई प्रदेशतिर खटाइएको छ ।सरुवा भएका सह सचिवहरुमा दिनेश कुमार घिमिरे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट १ नम्बर प्रदेश मुख्यमन्त्री कार्यालयतिर पठाइएका छन् । यस्तै,सञ्चारमा कार्यरत राधिका अर्याललाई बाग्मती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा खटाइएको छ । पुननिर्मण प्राधिकरणमा कार्यरत चुणामणि पौडेल आन्तरिक मामिला तथा कानुन मन्त्रालय सूदुरपश्चिममा खटाइएको छ । सीडीयोे चलाइरहेको महादेव पन्थीलाई सामजिक विकास मन्त्रालय ५ नम्बर प्रदेशतिर पठाइएको छ । यस्तै स्वास्थ्यका सह सचिव रघुराम विष्ट सामाजिक विकास मन्त्रालय सूदुरपश्चिममा सरुवा भएको छ । प्रधानमन्त्री कार्यालयका राजेन्द्र पौडेल १ नम्बर प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सरुवा भएका छन् । आर्थिक मामिला तथा योजना मन्त्रालय १ नम्बर प्रदेशबाट सह सचिव दामोदर रेग्मीलाई स्वास्थ्य मन्त्रालय मातहत तानिएको छ ।

Advertisement 1

प्रकाशित :२०७७ भाद्र १०, बुधबार १६:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry