आगामी तीन दिन कुन क्षेत्रको कस्तो रहला मौसम ?

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन प्रकाशित गरेको छ । जस अनुसार नेपालमा पश्चिमी न्यून चापिय रेखाको आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडी भुभागमा आशिंक बदली रहेको छ भने बांकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहेको छ ।

Advertisement 1

आगामी तीन दिनको मौसम पूर्वानुमान
माघ २० गते (मंगलबार)
दिउँसो : देशको पहाडी भूभागमा आंशिक बदली रहि बाँकि भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १,सुदुर पश्चिम र गण्डकी प्रदेशको को उच्च पहाडी तथा हिमाली भुभागका एक/दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ ।

राती : प्रदेश नं ७ र अन्य देशका पहाडी भूभागमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १,सुदुर पश्चिम र गण्डकी प्रदेशको को उच्च पहाडी तथा हिमाली भुभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

Advertisement 2

माघ २१ गते (बुधबार)
दिउँसो : देशको सुदुर पश्चिम र कर्णालि प्रदेशका पहाडि भू(भागमा आंशिक देखि सामान्य बदली रहि बाँकि पहाडि भू-भागमा आंशिक बदली साथै अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भुभागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती : देशको पहाडी भू(भागमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भु-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

Advertisement 3

माघ २२ गते (बिहिबार)
दिउँसो : देशको सुदुर पश्चिम र कर्णालि प्रदेशमा आंशिक देखि सामान्य बदली रहि बाँकि पहाडि भूभागमा आंशिक बदली साथै अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

उच्च पहाडी तथा हिमाली भुभागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ र सुदुर पश्चिम र कर्णाली प्रदेशका एक दुइ स्थानमा हल्का बर्षा हुने संभाबना पनि रहेको छ ।

राती : देशको सुदुर पश्चिम,कर्णालि प्रदेश, लुम्बिनि प्रदेश र बाग्मति प्रदेशका धेरै स्थानहरुमा आंशिक देखि सामान्य बदली रहि बाँकि भू-भागमा आंशिक बदली रहनेछ ।

उच्च पहाडी तथा हिमाली भुभागका केहि स्थानहरुमा हल्का हिमपाको सम्भावना रहेको छ र सुदुर पश्चिम प्रदेश ,कर्णालि प्रदेश, लुम्बिनि प्रदेश र बाग्मति प्रदेशका एक दुइ स्थानमा हल्का बर्षा हुने सम्भाबना पनि रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
प्रदेश नं १, सुदुर पश्चिम र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागहरुका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको साथै तराईका भू-भागहरुमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ ।

प्रकाशित :२०७७ माघ २०, मंगलवार ०८:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry