प्रधानमन्त्री ओलीको प्रश्न :- नेपाली जनता खुसी हुँदा, हाँस्दा किन पीर ?
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कामबाट नेपाली जनता खुशी भएर हाँसेकोमा पार्टीभित्रकै केही मानिसहरूलाई पीर परेको टिप्पणी गरेका छन्।
Advertisement 1
नेपाल कम्युनिष्ट पार्टीनेकपाको प्रदेश नं १ को आज काठमाडौंमा आयोजित कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै उनले आफूमाथि ‘हँसाउने कुरा मात्रै गरेको’ भन्ने टिप्पणीतर्फ सङ्केत गर्दै उनले आफूहरूले अहिलेसम्म दुनियाँ रुवाएर, मान्छे मारेर वा लुटपाट गरेर कसैलाई नरुवाएको उल्लेख गर्दै उनले भने, मैले हँसाएँ भनेर किन पीर ? नेपाली जनता खुसी हुँदा, हाँस्दा किन पीर ? रुवाउन खोजेका थियौं। सक्दैनौं। दिइने छैन।’
उनले देश बर्बाद पार्न नपाएको चिन्ता मानेकाहरूले जनताको खुशीलाई देख्न नसकेको दाबी गरे ।सरकारले सम्पूर्ण जनताको खुशीका लागि अभिभावककको काम गरिरहेकाले जनतालाई रुवाउन खोज्नेहरूको प्रयास सफल हुन नदिने दाबी पनि गरे ।
Advertisement 2
“केही मान्छेहरू कोकोहोला मच्चाएर हिँडेका छन्। केहीलाई पीर पनि परेको छ। ओलीले संविधान च्यात्यो रे कहाँ देख्नुभयो उहाँहरूले ? संविधान च्यात्यो। धुजा धुजा पा¥यो। यस्तो देशै वरबाद हुन लागेको बेला पनि केपी ओली मुस्कुराई राखेको छ”, ओलीले भने, “उहाँहरूले देश बर्बाद पार्न नपाएकोमा चिन्ता मात्रै हो। उहाँहरूले देश बर्बाद पार्न खोज्नुभएको थियो। के म मान्छे मार्दै, विधुवा बनाउँदै, दुनियाँलाई रुवाउदै हिँडू ? नेपाली जनता हाँसेकोमा किन पीर परेको होला ?