राजश्व कार्यालय बालाजुमा अख्तियारको छापा, ४३ हजार घुससहित कर्मचारी पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व कार्यालय, बालाजुमा छापा मारेको छ । त्यहाँ छापा मार्दा कम्प्युटर अपरेटर राजन शर्मा ४३ हजार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई कार्यालयबाटै पक्राउ गरेको हो । टिमुर किचन रेष्टुरेन्ट ढुङ्गेधारा, बनस्थलीका संचालक सन्तोष थापा मगरसँग उनले घुस लिएका थिए । घुस दिने मगरलाई समेत पक्राउ गरिएको आयोगले जनाएको छ । कर घटाइनेदिने भन्दै घुस लेनदेन भएको थियो ।
									
										प्रकाशित  :२०७७ पुष २९, बुधबार १४:२८																			
								
								यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
            
            like
0%
            
            love
0%
            
            haha
0%
            
            wow
0%
            
            sad
0%
            
            

 
								

 
										


 
 
                             
 
                             
 
                             
 
                             
 
                            


 
                                 
                                 
                                 
                                 
                                 
                                 
                                 
                                