ओलीले थपेका केन्द्रीय सदस्यमा रसुवाबाट ५ जना,लिए शपथ

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो समूहबाट रसुवाका ५ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन्। ओलीको अध्यक्षतामा बसेको उनको समूहको केन्द्रीय कमिटीको बैठकले विस्तार गरेको कमिटीमा रसुवाबाट ५ जना केन्द्रीय सदस्य थपिएका हुन्। यस अघि नेकपाबाट रसुवा जिल्लामा कोही केन्द्रीय सदस्य थिएनन् ।
माधव अर्याल बैंकल्पिक केन्द्रीय सदस्यको भूमिकामा थिए । उनी प्रचण्ड माधव खेमाका हुन् ।
थपिएका केन्द्रीय सदस्यमा अशोक कुमार घिमिरे,कुलप्रसाद भट्ट,जर्नादन ढकाल,छोवाङ्ग तेन्जिङ तामाङ र शान्ति थिङ्ग छन् ।

Advertisement 1


अशोक र कुलप्रसाद भट्टहरु रसुवा कम्युनिस्ट आन्दोलनका पूराना नेता हुन् । कुल प्रसाद भट्ट जिल्ला समन्वय समिती प्रमुख समेत हुन् । यस्तै छोवाङ्ग र जनार्दन संविधान सभा सदस्य हुन् । जनार्दन प्रत्यक्षबाट निर्वाचित भएका थिए भने छोवाङ्ग समानुपातिकमा चुनिएका थिए । यस्तै केन्द्रीय कमिटिमा चुनिएकामध्ये शान्ती हाल बाग्मती प्रदेश सभा सदस्य अनेरास्ववियु पूर्ब जिल्ला अध्यक्ष हुन् ।
गत मंगलबार प्रधानमन्त्री ओलीले बालुवाटारमा आफ्नो गुटको केन्द्रीय कमिटी बैठक बोलाएर केन्द्रीय कमिटी ११९९ सदस्यमा विस्तार गरेका थिए । त्यहाँ रसुवाबाट ५ जना परेका छन् । यसअघि नेकपा केन्द्रीय कमिटी ४४७ जनाको थियो।


मंगलबार केन्द्रीय कमिटिमा परेका नयाँ सदस्यहरुले आजै प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा शपथ लिएका छन् ।

प्रकाशित :२०७७ पुष ९, बिहीबार १५:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry