“संसद पुनर्स्थापना गर्छौं भन्नु स्यालको हुइयाँ हो”:- बादल

नेकपा विभाजनपछि कतै नखुलेका गृहमन्त्री रामबहादुर थापा बादल आज ओली पक्षको भेलामा पुगेका छन् । पार्टीको विवादमा कतै नखुलेका र पछिल्लो समय दुवै पक्षका बैठकमा सहभागी नभएका बादल आजबाट ओलीको पक्षमा खुलेका हुन् ।

Advertisement 1

बालुवाटारमा भएको ओली समूहको केन्द्रीय कमिटी बैठकमा बोल्दै बादलले पार्टी सशक्त बनाउने र गुटलाई परास्त गर्ने बताए । उनले प्रतिनिधि सभा विघटन अग्रगामी र क्रान्तिकारी कदम भएको बताउँदै आफूहरूले नयाँ क्रान्ति गर्नुपर्ने तर्क पनि पेश गरे । त्यहाँ उनले मुलुकलाई प्रतिक्रान्तिको खतराबाट जोगाउन मूल नेतृत्व केपी ओलीलाई साथ दिनुपरेको बताउँदै निकै सोच विचार गरेर आफूले मूल नेतृत्वलाई जोगाउन यस्तो निर्णय लिएको सुनाए ।
ुसंसद विघटन अग्रगामी र क्रान्तिकारी कदम थियो। विघटित संसद पुनर्स्थापना हुन्छ भन्नु पश्चगामी हो। निर्वाचन हुनु अग्रगमन हो। हामीले निर्वाचनबाट दुई तिहाइ ल्याउनु पर्छ,’ उनले आफूले पार्टी नेतृत्वको आदेश निस्शर्त मान्ने उल्लेख गरे।

‘अहिले राजनीतिक संकट छ, यसले प्रतिक्रान्तिको खतरा देखिएको छ। यसलाई कसरी रोक्ने भन्ने चुनौती छ,’ उनले भने, केही साथी संसद पुनर्स्थापना भनेर पश्चगमनमा लागेका छन्। यो स्यालको हुइयाँ हो। हामीले यसलाई चिर्नु छ।

प्रकाशित :२०७७ पुष ९, बिहीबार १५:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry