आचार्यलाई प्राधिकरण,गेलाललाई सतर्कता केन्द्र
सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा अतिरिक्त समूहका राखिएका दुई प्राविधिक सचिवको पदस्थापन गरेको छ ।
दुई साता अघि सचिवमा बढूवा भएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा अतिरिक्तमा रहेका सचिव सुरेश आचार्य र २५ गते सचिवमा बढूवा भएका मणिराम गेलालको पदस्थापन गरिएको हो ।
जसमध्ये आचार्यलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा पदस्थापन गरिएको छ भने गेलाललाई राष्ट्रिय सतर्कता केन्द्रमा पठाइएको छ ।
प्रकाशित :२०७७ मंसिर २८, आईतवार १५:२९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%